बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

स्वास्थ्य मन्त्रीको पदबहाली भाषण : डाक्टर, नर्स, पारामेडिक्सहरु विदेशिंदै छन्, रोक्नु पर्नेछ

स्वास्थ्य मन्त्रीको पदबहाली भाषण : डाक्टर, नर्स, पारामेडिक्सहरु विदेशिंदै छन्, रोक्नु पर्नेछ

images
२०८२ चैत्र १३ गते, शुक्रवार
२०८२ चैत्र १३ गते, शुक्रवार
  • काठमाडौं। नवनियुक्त स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले शुक्रबार पद् तथा गोपनियताको शपथ गरेलगत्तै पदबहाली गर्न सिंहदरबार पुगिन। उनको स्वागतमा मन्त्रालयका सचिवदेखि सबै तहका कर्मचारीको लस्कर थियो। उनी मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै कुर्सीमा बसिन्। संचारकर्मीहरुले केही धारणा राख्न आग्रह गरे। उनले हलमा गएर बोल्ने बताइन्।

    images

    नयाँ सरकारको स्वास्थ्य मन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेकी मन्त्री मेहतासँग संचारकर्मीदेखि स्वास्थ्यका कर्मचारीसम्मको नयाँ केही घोषणा होला भन्ने आशा गरे। तर उनले कुनै निर्णय गरिनन्। बरु भाषण दिइन्, र भनिन्, `डाक्टर, नर्स, पारामेडिक्सहरु विदेशिंदै छन्, मोटिभेस्नल्स फ्याक्टर्स छैन, त्यो कुरा एकदमै रोक्नु पर्ने छ, त्यसको लागि सकेसम्म कसरी मोटिभेट गर्न सकिन्छ, यही देशमा बसेर गरिखाउँ भनेर, उहाँहरुले पनि सय प्रतिशत दिने गरेर त्यसलाई प्राथमिकतामा राख्ने गरेर सरकारको ध्यान त्यता केन्द्रित हुनेछ।´

    images

    स्वास्थ्य जनशक्तिलाई आवश्यक हौसला नपुग्दा विदेशिने क्रम बढ्दो रहेको बताउँदै उनले स्वदेशमै बस्न प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएकी थिइन्।

    उनले आफ्नो धारणा राख्दै नातावाद र कृपावादबाट मुक्त भएर आफुले काम गर्ने प्रतिबद्धता पनि ब्यक्त गरिन। 

    `नातावाद, कृपावाद र परिवारवादबाट म पनि टाढा रहन्छु। तपाईहरुलाई पनि यस्ता प्रवृत्तिबाट टाढा रहन आग्रह गर्छु।´ स्वास्थ्य मन्त्री मेहताले भनिन्।

    मन्त्रालयमा मन्त्री मेहताको पदबहाली पछि स्वास्थ्यका कर्मचारीहरु भने सन्तुष्ट देखिएनन्।

    `नयाँ मन्त्रीबाट पहिलो दिनमा नै सुधारको नयाँ केही निर्णय आउला भन्ने अपेक्षा थियो, आएन।´

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend