मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्री छान्दै रास्वपा : यी नाम टुंगियो, केही नाम सर्ट लिस्टमा

मन्त्री छान्दै रास्वपा : यी नाम टुंगियो, केही नाम सर्ट लिस्टमा

images
२०८२ चैत्र १३ गते, शुक्रवार
२०८२ चैत्र १३ गते, शुक्रवार
  • काठमाडौँ । वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा कोको मन्त्री बन्ने भन्ने विषयमा सर्वत्र चासो बढेको छ। रास्वपा भित्र सरकारमा सहभागी गराइने मन्त्रीहरूको छलफल तिव्र छ।

    images

    सरकारको नेतृत्व गर्दै बानेनले आज प्रधानमन्त्री पदको शपथ लिंदै छन्। रास्वपाले मन्त्रीपरिषद १५ देखि १८ सदस्यीय बनाउने तय भएको छ।

    images

    रास्वपाबाट अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्लेले शपथ लिने तय भएको रास्वपा उच्च स्रोतले जानकारी दिएको छ। यस्तै उर्जा मन्त्रीमा सागर ढकालको नाम तय भएको छ। यसैगरी परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम टुंगिएको स्रोत बताउँछ। 

    यसैगरी स्वास्थ्य मन्त्रीमा डा. लेखजंग थापाको नाम टुंगिएको स्रोतको दाबी छ भने शिक्षा मन्त्रीमा सस्मित पोखरेलको नाम लगभग टुंगिएको स्रोतको दाबी छ। तर उपसभापति डिपी अर्यालको नाम भने अझै टुंगिएको छैन। 

    यस्तै मनिष झा, सुदन गुरुङ, विराजभक्त श्रेष्ठ, सुनिल लम्साल, अमरेश कुमार सिंह, केपी खनाल, सुलभ खरेल, दिपक बोहोरा, विश्वराज पोखरेल, सोबिता गौतम, डा. तोसिमा कार्की, राजु पाण्डे, खगेन्द्र सुनार, रन्जु न्यौपाने, आनन्द चन्द पनि मन्त्रीका लागि सर्ट लिस्टमा परेका छन्। यसअघिकी उपसभामुख इन्दिरा राना पनि मन्त्रीको सर्ट लिस्टमा छिन्। तर उनलाई सभामुख बनाउने विषयमा पनि छलफल जारी छ।

    रास्वपा सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मन्त्रीको टुंगो लगाउन छलफलमा बसिरहेका छन्। उनीहरू हिजो बिहीबार समेत संसदीय दलको नेता चयन गर्ने काम सकाएर मन्त्रीको लिस्ट तयार गर्न भन्दै एउटै गाडीमा घण्टी घरबाट निस्किएका थिए।

    `मन्त्रिपरिषदमा सहभागी गराइने सबै मन्त्रीहरूको नाम तय गर्न सभापति र वरिष्ठ नेताबीचमा पटकपटक छलफल भएको छ, केही नाम तय भइसकेको छ, केही नाम तय हुने क्रममा छ।´ स्रोतले एक्सरे नेपालसँग भन्यो।

    निर्वाचित सांसदहरूको योग्यता र क्षमता हेरेर मन्त्री छानिने रास्वपाका नेताहरूले बताउँदै आएका छन्। 

    सुशासनको जनअपेक्षा सम्बोधन गर्न र जनतालाई सरकारबाट दिइने सेवालाई चुस्त र प्रभावकारी बनाउन सक्नेगरी सरकारले काम गरोस् भन्ने अपेक्षासहित मन्त्री चयनको तयारी भइरहेको बताइन्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend