बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

संसद भवनमा `ए ग्रेड´को एम्बुलेन्ससहित चिकित्सक तयारी अवस्थामा

संसद भवनमा `ए ग्रेड´को एम्बुलेन्ससहित चिकित्सक तयारी अवस्थामा

images
२०८२ चैत्र १२ गते, बिहिवार
२०८२ चैत्र १२ गते, बिहिवार
  • काठमाडौँ। प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको आज शपथ हुँदैछ। सिंहदरबारस्थित नवनिर्मित संसद भवनमा अहिले बैठकको तयारी भइरहेको छ। 

    images

    प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरि २७५ जना सदस्य निर्वाचित भएका छन्। संसदमा सांसदहरुको सपथको तयारी हुँदै गर्दा संसद सचिवालयले स्वास्थ्यका दृष्टिकोणबाट समेत तयारी गरेको हो।

    images

    सपथमा सहभागी प्रतिनिधि सभा सदस्यहरुको स्वास्थ्यमा कुनै पनि समस्या आए तत्काल अस्पताल पुर्याउने गरि संसद भवन परिसरमा संसद सचिवालयका चिकित्सक, वीर अस्पतालका चिकित्सकसहितका स्वस्थ्यकर्मी र वीर अस्पतालको`ए ग्रेड´को एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। 

    सो एम्बुलेन्समा, मनिटर, भेन्टिलेटर, अक्सिन, फस्ट एडका सामान सहितको सुविधा छ।

    संसद सचिवालयका सहायक प्रवक्ता उपसचिव अनन्तप्रसाद कोइरालाले संसद सचिवालयका स्वास्थ्य तर्फको युनिट नै संसद भवनमा खटिएको जानकारी दिए।

    `संसद सचिवालयबाट स्वास्थ्यतर्फको युनिट नै संसद भवनमा खटाइएको छ, कुनै पनि अवस्थामा समन्वय गर्ने गरेर उहाँहरू खटिनु भएको छ, वीर अस्पतालबाट पनि चिकित्सकहरु आउनु भएको छ।´ सहायक प्रवक्ता कोइरालाले एक्सरे नेपालसँग भने।

    वीर अस्पतालले सिंहदरबार भित्र कर्मचारी लगायत सबैलाई सेवा दिने गरि छुट्टै हेल्थ डेक्स नै संचालन गरिरहेको छ।

    सचिवालयका अनुसार दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको शपथ हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend