मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रतिनिधि सभा सदस्यले शपथ लिन आउँदा केके ल्याउनु पर्छ कागजात?, कस्तो कपडा लाउने?

प्रतिनिधि सभा सदस्यले शपथ लिन आउँदा केके ल्याउनु पर्छ कागजात?, कस्तो कपडा लाउने?

images
२०८२ चैत्र १२ गते, बिहिवार
२०८२ चैत्र १२ गते, बिहिवार
  • काठमाडौँ। प्रतिनिधि सभामा नव निर्वाचित सदस्यहरुको शपथ ग्रहण आज हुँदैछ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरि २७५ जना सदस्य निर्वाचित भएका छन्।

    images

    त्यसमध्ये निर्वाचित जेष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार नै पद तथा गोपनियताको शपथ लिइसकेका छन्। आज उनले नै २७४ जना सदस्यहरूलाई शपथ गराउने छन्।

    images

    शपथ कार्यकमका लागि आज दिउँसो २ बजेको समय सङ्घीय संसद् सचिवालयले तय गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। शपथ सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने उनले बताए। 

    नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम सदस्यले पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।

    प्रतिनिधि सभा सदस्यले शपथ ग्रहणका लागि उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो साथमा अनिवार्य ल्याउनुपर्ने संसद् सचिवालयले भनेको छ।

    यसैगरी सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ। 

    त्यस्तै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि विशेष व्यवस्था गरिएको छ।

    सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी गरेका छन्। त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने जनाएका छन्।

    नव निर्वाचित सदस्यहरूलाई शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुन भनिएको छ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend