बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

नेपाल चिकित्सक संघको नयाँ निर्वाचनको मिति तय, कहाँ कहिले मतदान?

नेपाल चिकित्सक संघको नयाँ निर्वाचनको मिति तय, कहाँ कहिले मतदान?

images
२०८२ चैत्र ११ गते, बुधवार
२०८२ चैत्र ११ गते, बुधवार
  • काठमाडौँ। नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयन गर्न निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।

    images

    यसअघि संघको निर्वाचनका क्रममा निर्वाचन समितिको कामकारबाही र उम्मेदवारीका विषयमा विवाद हुँदा अदालतमा मुद्दा दायर भएपछि निर्वाचन रोकिएको थियो।

    images

    तर सो मुद्दा उपर पाटन उच्च अदालतले फैसला गरेपछि निर्वाचन समितिले नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो। अदालतले यसअघि उम्मेदवारी दिएका सबै चिकित्सकको उम्मेदवारी कायम हुने गरी फैसला गरिसकेको छ।

    निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्यले बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि राती निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेका हुन्।

    निर्वाचनको नयाँ कार्यतालिका अनुसार अब काठमाडौं उपत्यका बाहिर यही चैत २८ र २९ गते निर्वाचन हुनेछ भने काठमाडौँ उपत्यका भित्र २०८३ बैशाख १०, ११ र १२ गते निर्वाचन हुनेछ।

    डा. शाक्यले पाटन अदालतमा उम्मेदवारहरुद्धारा दायर तीनवटा मुद्धाको फैसलालाई समेत मध्यनजर गरेर बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनको नयाँ मिति घोषणा गरिएको बताएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend