बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

एपोन अध्यक्ष अधिकारीद्वारा उद्योग बाणिज्य महासंघको निर्वाचनमा उम्मेदवारी दिने घोषणा

एपोन अध्यक्ष अधिकारीद्वारा उद्योग बाणिज्य महासंघको निर्वाचनमा उम्मेदवारी दिने घोषणा

images
२०८२ चैत्र ११ गते, बुधवार
२०८२ चैत्र ११ गते, बुधवार
  • काठमाडौँ। नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष विप्लव अधिकारीले नेपाल उद्योग बाणिज्य महासंघका लागि बस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

    images

    महासंघको नयाँ कार्यसमितिका लागि यही चैत ३० गते हुने निर्वाचनमा अधिकारीले नेपाल औषधि उत्पादक संघको तर्फवाट उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

    images

    महासंघको ६० औँ बार्षिक साधारणसभा उद्घाटन सत्र भने चैत २९ गते ललितपुरको ग्वार्कोस्थित एक होटलमा आयोजना हुँदैछ।

    अधिकारीले वस्तुगत तर्फको उम्मेदवार संघको नै उम्मेदवार हुनेहुँदा यो बिषय संघको गरिमा र प्रतिष्ठासँग पनि जोडिएको बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गरेको उल्लेख गरेका छन्।

    `मैले नेपाल उद्योग बाणिज्य महासंघको(FNCCI) बस्तुगत तर्फको कार्यकारिणी सदस्यको रुपमा नेपाल औषधि उत्पादक संघको तर्फवाट उम्मेद्वार दिने निर्णय गरेको छु। बस्तुगत तर्फको उम्मेद्वार संघको नै उम्मेद्वार हुनेहुदा यो बिषय संघको गरिमा र प्रतिष्ठा संग पनि जोडिएको हुन्छ। मलाई बिश्वास छ, हामी सबैले मेहिनत गर्यौ, भने हामी सजिलै चुनाव जित्न सक्छौ। यहाहरु सबैको साथ र सहयोगको अपेक्षा गर्दछु। लामो समय पछि संघलाई पुन नेपाल उद्योग बाणिज्य महासंघ(FNCCI)मा स्थापित गर्ने मौका आएको छ सबै मिलि सफल बनाऔ। धन्यवाद।´ एपोनका अध्यक्ष अधिकारीले भनेका छन्।

    महासंघको निर्वाचनमा उम्मेदवारी दिनका लागि २२ चैतसम्मको समयसीमा तोकिएको छ भने चैत ३० गते प्रज्ञा भवन कमलादीमा निर्वाचन कार्यक्रम हुने तय छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend