काठमाडौं। नेपाली राष्ट्रिय महिला फुलबल टिमकी कप्तान साबित्रा भण्डारी `साम्बा´ काे घुँडाकाे शल्यक्रिया सकिएकाे छ।
न्युजिल्यान्डको अकल्यान्डमा बुधबार बिहान आफ्नाे सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको उनले फेसबुकमार्फत जानकारी दिएकी छिन्। भाेलीदेखि पुनर्थापना (रिह्याव) सुरु गर्ने पनि उनले बताएकी छिन्।
"खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ। अब यहाँको डाक्टकै निगरानीमा मेरो पुनर्स्थापनाको काम भोलिदेखि सुरू हुनेछ। स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्दछु।" साबित्राले लेखेकी छिन्।
साम्बा खेल्दै आएकाे अकल्याण्डकाे फुटबल क्लब वेलिंगटन फिनिक्स र त्यहाँको व्यवस्थापन टिमले शल्यक्रियाको लागि समय दिएका थिए।
आफूलाई देश विदेशबाट सहयाेग गर्ने सबैलाई उनले धन्यवाद समेत दिएकी छन्।



