बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

कीर्तिपुरमा ठूलो संख्यामा मरे काग, मृत भेटिएका कागमा बर्ड फ्लू पुष्टि

कीर्तिपुरमा ठूलो संख्यामा मरे काग, मृत भेटिएका कागमा बर्ड फ्लू पुष्टि

images
२०८२ चैत्र १० गते, मंगलवार
२०८२ चैत्र १० गते, मंगलवार
  • काठमाडौँ। काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ठूलो संख्यामा कागहरु मरेका छन्। ती कागहरुको मृत्युको कारण बर्ड फ्लू भएको पुष्टि भएको छ।

    images

    कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरी मंगलबार पुरेको हो। बिभागका अनुसार अझै धेरै काग मृत देखिएका छन्। बुधबारसमेत ती कागलाई सङ्कलन गरी पुरिनेछ।

    images

    नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्ड फ्लू पुष्टि भएको बताइन्।

    “त्यहाँ अझै मरेका काग भेटिएका छन्, मरेका सबै काग आज सङ्कलन गर्न नसकिएकाले भोलि पनि काम जारी राख्ने छौँ”, नगरपालिकाकी पशुसेवा प्रमुख गैरेले भनिन्, ``१० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएकोमा बर्ड फ्लु पुष्टि भयो।´´

    उनका अनुसार नगरपालिकाको पशु शाखामा एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए।

    उद्यानमा अन्य चरा भने मरेको नभेटिएको प्रमुख गैरेले जानकारी दिइन्। “खुला स्थानमा जताततै उड्ने पंक्षी भएकाले कुखुरामा देखिने बर्ड फ्लूभन्दा यसको नियन्त्रण जटिल हुन्छ”, उनले भनिन्।

    उनका अनुसार कीर्तिपुर नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचनासमेत जारी गरिएको छ।

    पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले मृत कागमा 'एचफाइ एन वान र एच नाइन' गरी दुवै खालको बर्ड फ्लू भाइरस देखिएको जानकारी दिए।

    डुलुवा पंक्षीमा पर्ने कागमा फिरन्ते चराबाट बर्ड फ्लू सङ्क्रमण भएको हुनसक्ने उपाध्यायको अनुमान छ। अरु चरालाई सार्ने जोखिम पनि उत्तिकै रहेको समेत उनले सुनाए।

    “त्यसैले कुखुरा, बटाई वा कालिजपालक किसानलाई जङ्गली चराचुरुङ्गी, कुकुर वा बिराला जान नसक्ने गरी खोरको व्यवस्थापन गर्न तथा खुल्ला ढङ्गले चराचुरुङ्गी नपाल्न आग्रह गरिएको छ”, उनको भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend