बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

क्षयरोग नियन्त्रणमा स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी देशकै उत्कृष्ट

क्षयरोग नियन्त्रणमा स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी देशकै उत्कृष्ट

images
२०८२ चैत्र १० गते, मंगलवार
२०८२ चैत्र १० गते, मंगलवार
  • काठमाडौँ। क्षयरोग नियन्त्रण तथा व्यवस्थापनको क्षेत्रमा स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी देशकै उत्कृष्ट बनेको छ।

    images

    विश्व क्षयरोग दिवस २०८२ का अवसरमा काठमाडाैंमा मंगलबार आयोजित कार्यक्रममा क्षयरोग नियन्त्रण तथा व्यवस्थापनको क्षेत्रमा देशकै उत्कृष्ट बनेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीलाई सम्मान गरिएको हो।

    images

    स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगद बहादुर शाहीलाई प्रमाणपत्रसहित सम्मान गरे।

    सम्मान समारोहमा बोल्दै सचिव देवकोटाले विविध चुनौतीका बाबजुद पनि क्षयरोग नियन्त्रण तथा व्यवस्थापनमा नवलपरासीले उत्कृष्ट उपलब्धि हासिल गरेको बताउँदै रोगी पहिचानको काममा ध्यान दिन सबैमा आग्रह गरे।

    स्वास्थ्य कार्यलयका प्रमुख शाहीले समयमै पहिचान, प्रभावकारी उपचार, बिरामीको नियमित निगरानी तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धि जस्ता पक्षमा जिल्लाले उल्लेखनीय प्रगति गरेको आधारमा देशमै उत्कृष्ट भएको बताए।

    "यो स्वास्थ्य कार्यालयको मात्र नभई सबै स्थानीय तह तथा सरोकारवाला सहयोगी निकायको साझा उपलब्धि हो," शाहीले भने।

    नवलपरासीमा क्षयरोगी खोजपडतालमा केही स्थानीय तहले प्रभावकारी रुपमा काम गरेका थिए। जसका कारण पनि नवलपरासीको सूचकाङ्कमा उल्लेख्य प्रगति भएको पाइएको छ।

    नवलपरासीमा चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा ६ सय १० जना नयाँ क्षयरोगी पहिचान भएका छन् भने ८ महिनाको अवधिमा १० जना क्षयरोगीको मृत्यु भएको छ। गत आर्थिक वर्षमा १ हजार ६० जना नयाँ क्षयरोगीको पहिचान र १६ जनाको मृत्यु भएको थियो।

    गत आर्थिक वर्षमा ९३ जना उपचार पछि निको भएका थिए भने चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा पनि नियमित औषधि सेवन पछि ८७ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    जिल्लामा सबैभन्दा बढी क्षयरोगी रामग्राममा पहिचान भएका थिए। रामग्राम नगरपालिकाले गाउँ गाउँमा क्षयरोगी खोजपड्ताल अभियान सञ्चालन गरेको थियो। क्षयरोगीको पहिचान गर्ने र उपचारको दायरामा ल्याउने कामनै अहिलेको मुख्य चुनौती प्रमुख शाहीले बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend