मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै सरकार

१४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै सरकार

४० भन्दा बढी स्थानीय तह विपद् संकटग्रस्त क्षेत्रमा

images
२०८१ आश्विन १८ गते, शुक्रवार
२०८१ आश्विन १८ गते, शुक्रवार
  • काठमाडौं। सरकारले गत ११ र १२ असोजमा परेको भारी वर्षापछि बढी तथा पहिरो प्रभावित बनेका १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ।

    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको शुक्रबार बसेको २६ औं बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित १४ जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो।

    images

    प्राधिकरणका सहसचिव बसन्त अधिकारीले प्रभावित जिल्लाका ४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरिएको जानकारी दिए।

    ‘प्राधिकरणको कार्यकारी समितिको २६औं बैठकले १४ जिल्लाका ४० वटा स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न मन्त्रीपरिषद्मा सिफारिस गर्ने निणर्य गरेको छ, सो संख्या मन्त्रीपरिषद्बाट थपघट हुनसक्छ ।’ अधिकारीले भने।

    गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको प्राधिकरणको बैठकमा संकटग्रस्त घोषणाले पुर्ननिर्माण र पुर्नस्थापनाको काम सहज, सरल र छिटोछरितो गर्न सहज हुने भन्दै सो सिफारिस गर्ने निणर्य गरेको हो।

    समितिको बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, उदयपुर, धादिङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर र चितवनका गरी विभिन्न ४० भन्दा बढी पालिका संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो।

    पछिल्लो तथ्यांकअनुसार बाढी तथा पहिरोमा परी देशका विभिन्न स्थानमा २३९ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। बाढी तथा पहिरोमा परेका १८ जना अझै बेपत्ता रहेका छन्।  यस्तै १७ हजार १२० जनाको उद्धार गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend