बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

रेडक्रसको सदस्यता वितरण अभियान चैत्र २४ सम्म

रेडक्रसको सदस्यता वितरण अभियान चैत्र २४ सम्म

images
२०८२ चैत्र ७ गते, शनिवार
२०८२ चैत्र ७ गते, शनिवार
  • काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले एक महिने सदस्यता वितरण अभियान सुरु गरेको छ।

    images

    रेडक्रसले एक सूचना जारी गर्दै गत फागुन २५ गतेदेखि थालनी भएको सदस्यता वितरण अभियान यही चैत्र २४ गतेसम्म जारी रहने जनाएको छ।

    images

    “नेपाल रेडक्रसको सदस्यता सदैव खुला रहेको व्यहोरा विदितै छ। यसका अतिरिक्त सोसाइटीको विधान २०२० (अठारौ संशोधन २०८२ सहित) को व्यवस्था र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको २०८२ फागुन २४ गतेको बैठकले गरेको निणर्य वमोजिम सोसाइटीको सदस्यता प्राप्त गर्न इच्छुक नेपाली नागरिकहरूका लागि (युवाको सहभागिता र ३३ प्रतिशत महिला सुनिश्चित गर्न समेत) यस सोसाइटीद्वारा सदस्यता वितरण अभियान २०८२ फागुन २५ गतेदेखि २०८२ चैत्र २४ गतेसम्म (एकमहिनाको लागि) सञ्चालन भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ।” सूचनामा भनिएको छ।

    सूचनामा रेडक्रस अभियानका सिद्धान्त, मूल्य मान्यता, र आदर्शलाई आत्मसात् गर्दै विधानमा उल्लेखित प्रक्रिया र तोकिएको शुल्क बुझाई सदस्यता लिन इच्छुक व्यक्तिहरूले आफूलाई पायकपर्ने पालिका तहमा पालिका शाखा, जिल्ला तहमा जिल्ला शाखाका अतिरिक्त प्रदेश तहमा प्रदेश कार्यालय र केन्द्रीय तहमा केन्द्रीय कार्यालयबाट समेत सदस्यता प्राप्त गर्न सकिने उल्लेख छ।

    सूचनामा भनिएको छ, “सम्पर्कका लागि नेपाल रेडक्रस सोसाइटीका पालिका तहका उपशाखाका सभापति वा सचिवहरू, ७७ वटै जिल्ला शाखाका सभापति वा मन्त्रीहरू, सात वटै प्रदेश कार्यालयका अध्यक्ष वा महासचिवहरू र केन्द्रीय कार्यालयमा महामन्त्रीसँग सम्पर्क गर्न सकिनेछ।

    थप जानकारीका लागि नेपाल रेडक्रस सोसाइटीको वेभसाइट www.nrcs.org हेर्नुहुन वा निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिन छ।”

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend