मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अवकाश प्राप्त कर्मचारीलाई पेन्सन पट्टा, औषधी उपचार लगायतका सुविधा अब जिल्लाबाटै

अवकाश प्राप्त कर्मचारीलाई पेन्सन पट्टा, औषधी उपचार लगायतका सुविधा अब जिल्लाबाटै

images
२०८२ चैत्र ६ गते, शुक्रवार
२०८२ चैत्र ६ गते, शुक्रवार
  • भक्तपुर। अबदेखि अवकास प्राप्त निजामति कर्मचारीले पेन्सन पट्टा, औषधी उपचार लगायतका सुविधा जिल्लाबाटै प्राप्त गर्ने भएका छन्। त्यसैका लागि अब उनीहरूले राजधानीसम्म धाउनु नपर्ने भएको हो।

    images

    आजदेख ती सबै काम ७७ वटै जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत हुने भएको हो। यस्तो सुविधा पाउँदा अवकाश प्राप्त कर्मचारीलाई दुरदराजदेखि काठमाडौंसम्मको झन्झटिलो यात्रा गर्नु पर्दैन।

    images

    यसअघि राष्ट्रिय कितावखानाबाट हुँदै आएका ती काम गर्ने अधिकार सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) लाई प्रत्यायोजन गरेपछि यो सेवा जिल्लाबाट नै प्राप्त हुने भएको हो।

    अब अवकाश प्राप्त कर्मचारीको पेन्सनपट्टा, औषधि उपचारको रकम लगायतका काम जिल्लामै हुने छ। यसअघि अवकाश प्राप्त कर्मचारीले औषधि उपचार, विरामी विदा, पेन्सन पट्टा वनाउन, हिसाव मिलान गर्न ललितपुरस्थित राष्ट्रिय कितावखानामा अनिवार्य उपस्थिति हुनु पर्ने थियो।

    महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार, राष्ट्रिय कितावखानाले आजबाट एकिकृत ई ̶ पेन्सन सेवा शुरु गर्दै  परमपरागत सेवालाई डिजिटल युगमा प्रवेश गराएको छ। अब राजिनामा वा अनिवार्य अवकास हुने कर्मचारीले पेन्सन , उपदान लगायतका निवृत्त भएपछि पाउने सेवाहरुका लागि राष्ट्रिय कितावखाना हरिहरभवन पुलचोक धाइरहनु नपर्ने महानिर्देशक पोखरेलको भनाई छ।

    प्रारम्भमा ७७ वटै जिल्लामा ई ̶ पेन्सन सेवाको लागि सहजकर्ता निकायको भुमिका कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्नेछ। राष्ट्रिय कितावखानाको अधिकार कोलेनिकालाई प्रत्यायोजन भएपछि अब सम्वन्धित जिल्लाकै कोष तथा लेखा नियन्त्रण कार्यालयबाट हिसाब किताव र पट्टाको काम हुन थालेको कोलेनिका भक्तपुरका प्रमुख महेश दाहालले जानकारी दिए।

    दाहालका अनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय कितावखाना निजामती हरिहरभवनले समेत त्यस्तो सेवा सुचारु गरिसकेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend