मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रतिनिधि सभा सदस्यको शपथ १२ गते : कस्तो पोशाक लगाउने, केके कागजात चाहिन्छ?

प्रतिनिधि सभा सदस्यको शपथ १२ गते : कस्तो पोशाक लगाउने, केके कागजात चाहिन्छ?

images
२०८२ चैत्र ६ गते, शुक्रवार
२०८२ चैत्र ६ गते, शुक्रवार
  • काठमाडौँ। प्रतिनिधि सभामा निर्वाचित सदस्यहरुको शपथ ग्रहणका लागि सङ्घीय संसद् सचिवालयले चैत ११ गतेको मिति तय गरेको छ।

    images

    सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चैत १२ गते बिहीबार दिउँसो २ बजे शपथ ग्रहण का लागि उपस्थित हुन आग्रह गरेको हो। शपथ कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने सचिवालयले जनाएको छ।

    images

    जारी सूचनामा निर्वाचित सदस्यहरूलाई शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुन  भनिएको छ।

    सपथका लागि उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्ने सूचनामा उल्लेख छ।

    सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ। 

    त्यस्तै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि विशेष व्यवस्था गरिएको छ। यस्ता सदस्यहरूले शपथको ब्यहोरालाई आफ्नो मातृभाषामा अनुवाद गरी सोको प्रतिलिपि शपथ कार्यक्रमभन्दा तीन दिन अगावै संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा  उपलब्ध गराउनुपर्ने सूचनामा भनिएको छ।

    सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको यस सूचनामा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आआफ्नो जिल्लाका निर्वाचित सदस्यहरूलाई यसबारे जानकारी गराइदिन समन्वयका लागि अनुरोध गरिएको छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend