काठमाडौं। प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएर राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनबारे औपचारिक छलफल सुरुभएको छ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहबिच सरकार गठनबारे छलफल भइरहेको छ।
रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले समेत सो छलफलमा सहभागी छन्। छलफलको तस्वीर उपसभापति वाग्लेले सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन्।
यो छलफललाई वाग्लेले `राजकाज´ छलफल भनेका छन्। उनले छलफल भइरहेको स्थानबारे भने खुलाएका छैनन्।



