बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

२० हजार विद्यार्थीको आँखा जाँच गराउँदै काठमाडौँ महानगरपालिका

२० हजार विद्यार्थीको आँखा जाँच गराउँदै काठमाडौँ महानगरपालिका

नेपाल आँखा अस्पतालसँग सम्झौता

images
२०८२ चैत्र ५ गते, बिहिवार
२०८२ चैत्र ५ गते, बिहिवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका २० हजार विद्यार्थीहरुको आँखा जाँच तथा प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ।

    images

    आज कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

    images

    सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले, बालबालिकाहरुमा अत्याधिक मोवाइलको लत बसेकाले सम्भावित दृष्टि दोष पत्ता लगाएर आँखाको स्वास्थ्य प्रवर्धन गर्न अस्पतालसँग सहकार्य गरिएको बताए।

    ‘सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीको पनि आँखा जाँच गराइनेछ ।’ उनको भनाइ थियो।

    सम्झौताबमोजिम अस्पतालले विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीहरुको आँखा जाँच गर्नु पर्नेछ। जाँचपछि औषधि र आवश्यक परे चस्मा पनि प्रदान गर्नुपर्नेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend