बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

कान्ति अस्पताल र भक्तपुर क्यान्सर अस्पताल बिच बाल क्यान्सर उपचार सम्बन्धि सहकार्यको समझदारी

कान्ति अस्पताल र भक्तपुर क्यान्सर अस्पताल बिच बाल क्यान्सर उपचार सम्बन्धि सहकार्यको समझदारी

images
२०८२ चैत्र २ गते, सोमवार
२०८२ चैत्र २ गते, सोमवार
  • काठमाडौँ। कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पताल बिच बालबालिकाको क्यान्सर उपचार सम्बन्धी सहकार्य सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    images

    सोमबार कान्ति बाल अस्पतालमा आयोजित एक कार्यक्रममा यी दुई अस्पतालका निर्देशकबीचमा सो समझदारी पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसे र कान्ति अस्पतालका निर्देशक डा. पंकज रायले हस्ताक्षर गरे।

    images

    सम्झौता पश्चात् दुबै सरकारी अस्पताल बिच बालबालिकाको क्यान्सर उपचार सम्बन्धि सेवा आदानप्रदान गर्न सहजीकरण हुने बिश्वास लिइएको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. चालिसेले जानकारी दिए।

    उनका अनुसार उपचार योजनाको समन्वय दुबै अस्पतालका चिकित्सकले मिलेर गर्ने, एक अस्पतालमा नभएको सेवा अर्को अस्पतालले उपलब्ध गराउने,  चिकित्सक सेवा आदानप्रदान गर्ने तथा तालिम दिने लगायतका कामहरु हुने समझदारी पत्रमा उल्लेख छ।

    यसैगरी, कान्ति अस्पतालमा नभएका सेवाहरू जस्तै रेडियशन, आईएमआरटी, आईएचसी, फ्लोसाइटोमेट्री, फ्रोजन बायोप्सीमा आवश्यक पर्ने अंकोसर्जरी र एचआईपीईसी जस्ता सुबिधा लिन सहज हुने छ भने निकट भविष्यमा पेट स्क्यान, बोन म्यारो ट्रान्सप्लान्ट लगायतका सुविधा उपलब्ध हुनेछ।

    हाल भक्तपुर क्यान्सर अस्पताल र कान्ति बाल अस्पतालमा बाल क्यान्सरको उपचारका लागि १५- १५ शैय्या छुट्याइएको छ।

    सरकारले १४ बर्ष मुनीका बालबालिकाको क्यान्सर उपचार सेवा निशुल्क गर्ने नीति लिएको छ। यो सुविधा यी दुबै अस्पतालमा उपलब्ध हुनेछ। यस्तै स्वास्थ्य बिमा कार्यक्रम मार्फत पनि सेवा  उपलब्ध हुँदै आइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend