बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

ढोरपाटनम फैलियो दादुरा : ८३ जना संकास्पद बिरामी,२१ नमूना काठमाडौं ल्याइयो

ढोरपाटनम फैलियो दादुरा : ८३ जना संकास्पद बिरामी,२१ नमूना काठमाडौं ल्याइयो

images
२०८२ फाल्गुण २९ गते, शुक्रवार
२०८२ फाल्गुण २९ गते, शुक्रवार
  • काठमाडौँ। बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलिएको छ।

    images

    सो नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का पाँच जना बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएकोमा शुक्रबार थप दुई जनामा पनि संक्रमण पुष्टि भएको छ।

    images

    नगरपालिका स्रोतका अनुसार सुरुमा भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलाएको बताइएको छ। सुरुमा आठ जनामा परिक्षण गर्दा एक जनामा दादुरा पुष्टि भएको थियो।

    गत पुसमा निसीखोलाका एक बालक आफन्त भेट्न ढोरपाटनको बोबाङ गाउँ जाँदा उक्त रोगको संक्रमण फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ती बालक भारतबाट आएर आफन्तकहाँ बोबाङ पुगेका थिए। त्यसपछि त्यहाँ अन्य धेरै बालबालिकामा दादुरा संक्रमणको लक्षण देखिएको थियो। अहिले ती बालक भारत फर्किसकेको बताइन्छ।

    स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा सङ्क्रमित सबैको बुर्तिवाङ अस्पताल र बोबाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको जानकारी दिए।

    डा. गौतमले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको पनि बताए। दादुरा सङ्क्रमण देखिएको ठाउँबाट अन्यत्र फैलिन नदिनका लागि रोकथाम तथा नियन्त्रणको प्रयास गरिएको उनको भनाइ छ।

    हाल सो नगरपालिकामा दादुराका ८३ जना दादुराका संकास्पद बिरामी देखिएका छन्। नगरपालिकाबाट २१ नमूना परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। दादुरा सङ्क्रमितको समुदायमा खोजी भइरहेको र उपचार तथा निगरानीसमेत भइरहेको छ।

    ढोरपाटनमा दादुराविरुद्धको विशेष खोप अभियान भोलि शनिबार देखि चैत १ गतेसम्म सञ्चालन गरिने डा. गौतमले बताए। नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका तथा १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब सात हजार जनालाई दादुराविरुद्धको खोप दिन लागिएको हो।

    जन्मेको १५ महिनाभित्र दादुरा रुबेला खोप लगाइसक्नुपर्ने विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको प्रोटोकल छ। तर ढोरपाटनमा अभिभावकले बालबालिकालाई खोप लगाएको वा नलगाएको बारे थप अध्ययन भइरहेको छ।

    जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले संक्रमण भएकाहरु अधिकांस १० देखि २० वर्ष भित्रका बालबालिका रहेको जानकारी दिए।

    उनका अनुसार के कारण दादुरा फैलियो भन्ने अध्ययन भइरहेको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend