मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गुणस्तर छैन भने त्यो औषधि नै हुँदैन, भ्रम नफैलाउँ : एपोन महासचिव बराल

गुणस्तर छैन भने त्यो औषधि नै हुँदैन, भ्रम नफैलाउँ : एपोन महासचिव बराल

images
२०८२ फाल्गुण २८ गते, बिहिवार
२०८२ फाल्गुण २८ गते, बिहिवार
  • काठमाडौं। नेपाल औषधि उत्पादक संघ (एपोन) का महासचिव सन्तोष बरालले गुणस्तरहीन औषधिलाई औषधि नै मान्न नसकिने बताएका छन्।

    images

    नेपाल फर्मा एक्स्पो २०२६ को उद्घाटन समारोहको समापन कार्यक्रममा धारणा राख्दै बरालले गुणस्तर छैन भने त्यो औषधि नै नहुने स्पष्ट पारे।

    images

    उनले भने, 'यदि कुनै औषधिमा गुणस्तर नै छैन भने के त्यसलाई औषधि भन्न सकिन्छ? यदि गुणस्तर छैन भने त्यो औषधि नै हुँदैन।'

    उनले औषधि क्षेत्रसँग सम्बन्धित सबै निकायहरू (औषधि व्यवस्था विभाग, नेपाल औषधि लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, फार्मेसी काउन्सिल, मेडिकल काउन्सिल, मेडिकल एसोसिएसन लगायत)लाई औषधिको गुणस्तरबारे अनावश्यक भ्रम फैलिन नदिन जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरे।

    बरालले औषधि क्षेत्रमा गुणस्तर नहुने वस्तु उत्पादन, लेखन, बिक्री वा प्रयोगमा ल्याइएमा त्यसको जिम्मेवारी एपोनले लिन नसक्ने स्पष्ट पारे। उनले भने, 'त्यस्तो वस्तु औषधि होइन, अन्य कुनै वस्तु हो। त्यसको जिम्मेवारी नेपाल औषधि उत्पादक संघले लिने छैन।'

    एक्स्पो आगामी तीन दिन अर्थात फागुन ३० गतेसम्म चल्ने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend