बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

नेपाली औषधि उद्योगले उच्च गुणस्तरीय औषधि उत्पादन गरिरहेका छन् : एपोन अध्यक्ष

नेपाली औषधि उद्योगले उच्च गुणस्तरीय औषधि उत्पादन गरिरहेका छन् : एपोन अध्यक्ष

images
२०८२ फाल्गुण २८ गते, बिहिवार
२०८२ फाल्गुण २८ गते, बिहिवार
  • काठमाडौं। नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगहरुले गुणस्तरीय औषधि उत्पादन गरिरहेको बताएका छन्।

    images

    नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटनका क्रममा अध्यक्ष अधिकारीले नेपाली औषधि उद्योगहरुले गुणस्तरीय औषधि उत्पादन गरिरहेको बताएका हुन्।

    images

    उनले भने, 'हामी गर्व गर्छौं कि नेपाली औषधि उद्योगीहरूले उच्च गुणस्तरीय औषधि निर्माण गरिरहेका छन्। आज करिब ५० प्रतिशत औषधि बजारमा नेपालीहरूले प्रयोग गरिरहेका छन् भने उत्पादनको हिसाबले करिब ७० प्रतिशत औषधि स्वदेशमै बनाइरहेका छौं। यो केवल गर्वको विषय मात्र होइन, देशलाई औषधिमा आत्मनिर्भर बनाउने ज्वलन्त उदाहरण पनि हो।'

    अधिकारीले एक्सपोको उद्देश्य औषधि निर्माणमा प्रयोग हुने विश्वव्यापी प्रविधि र नविनतम उपकरणहरू प्रदर्शन गर्नु रहेको उल्लेख गरे।

    'यस एक्सपोले नेपाली औषधि उद्योगको क्षमता, संवेदनशीलता र गुणस्तरको प्रमाण देखाउने अवसर दिनेछ। नेपाली औषधि अब विश्व परिवेशमा प्रतिस्पर्धा गर्न सक्षम छ र झन्डै १४ मुलुकमा निर्यात भइसकेको छ,' उनले भने।

    उनले उपस्थित सबै सरोकारवालाहरूसँग आग्रह गर्दै देशमा आवश्यक औषधि उत्पादन र प्रवर्द्धनका लागि नीतिगत सुधार र नविन नीतिहरू अपनाउनु जरुरी रहेको बताएका छन्।

    उनले  स्वास्थ्य र औषधि क्षेत्रलाई अझ सशक्त र अब्बल बनाउने बताएका छन्।

    अधिकारीले एक्सपोमा प्रत्यक्ष सहभागिता जनाउन सबैलाई आग्रह समेत गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend