मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रतिनिधि सभा निर्वाचनमा कुन दलले कति सिट पाए?

प्रतिनिधि सभा निर्वाचनमा कुन दलले कति सिट पाए?

images
२०८२ फाल्गुण २८ गते, बिहिवार
२०८२ फाल्गुण २८ गते, बिहिवार
  • काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२ को समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या निर्धारण गरेको छ।

    images

    आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या निर्धारण गरिएको जानकारी गराएकाे हाे।

    images

    आयोगका अनुसार प्राप्त मत अनुसार सबैभन्दा बढी सिट संख्या राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पाएको छ। रास्वपाले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको हो।

    यसैगरी नेपाली कांग्रेसले २० सिट पाएको छ भने नेकपा एमालेले १६ सिट पाएको छ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ९ सिट पाउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समान ४ सिट प्राप्त गरेका छन्। 

    आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो। यसैगरी कुल मत मध्ये १ करोड ८ लाख ३५ हजार २५ मत(९६.०५ प्रतिशत) मत सदर भएको थियो । 

    समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सिट बाँडफाँड गरेको हो। यसरी सिट टुंगो लगाउँदा सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने ६ दललाई सिट बाँडफाँड गरिएको हो। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend