मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने घोषणा ऐतिहासिक : स्वास्थ्य मन्त्रालय

अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने घोषणा ऐतिहासिक : स्वास्थ्य मन्त्रालय

images
२०८२ फाल्गुण २७ गते, बुधवार
२०८२ फाल्गुण २७ गते, बुधवार
  • काठमाडौँ। नेपालको प्रस्ताव अनुसार संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउन गरेको घोषणालाई स्वास्थ्य मन्त्रालयले ऐतिहासिक उपलब्धि भएको बताएको छ।

    images

    सो घोषणाप्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खुसी व्यक्त गरेको छ। संयुक्त राष्ट्र संघको घोषणा अनुसार अब प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रुपमा मनाइने छ।

    images

    `स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय समग्र सन्तुलन (Well-being) का रूपमा परिभाषित गर्ने यस निर्णयले समग्र आरोग्यको अवधारणालाई विश्व समुदायमा अझ सशक्त रूपमा स्थापित गरेको छ।´ स्वास्थ्य मन्त्रालयले सामाजिक संजाल फेसबुकमार्फत भनेको छ, `यो उपलब्धि नेपालका लागि एक गौरवपूर्ण कूटनीतिक सफलता हो र यसले विश्वभर स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा स्वास्थ्य संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।´

    यस पहलमार्फत नेपालले अन्तर्राष्ट्रिय मञ्चमा ‘आरोग्य’ (Wellness) को अवधारणालाई नेतृत्व प्रदान गर्दै विश्व समुदायलाई स्वास्थ्यको एक नयाँ र बृहत् मार्गचित्र प्रस्तुत गरेको मन्त्रालयले भनेको छ।

    नेपाली कूटनीतिको यस सफलताले विश्व मानचित्रमा नेपालको गरिमालाई अझ उचाइमा पुर्‍याउनुका साथै विश्व स्वास्थ्य, दिगोपन तथा समग्र कल्याणसम्बन्धी अन्तर्राष्ट्रिय संवादमा नेपालको सफ्ट पावर र नेतृत्व दायी भूमिकालाई थप सुदृढ बनाएको मन्त्रालयले भनेको छ।

    नेपालले गरेको सो सम्बन्धि प्रस्तावलाई विभिन्न देशहरूले समर्थन गरेका थिए। प्रस्ताव पारित गर्न सहयोग गर्ने सबै राष्ट्रहरूलाई नेपालले धन्यवाद व्यक्त गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend