मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पृथ्वीराजमार्गमा ट्रेलर तथा ठुला सवारी साधन संचालनमा रोक

पृथ्वीराजमार्गमा ट्रेलर तथा ठुला सवारी साधन संचालनमा रोक

images
२०८१ आश्विन १८ गते, शुक्रवार
२०८१ आश्विन १८ गते, शुक्रवार
  • काठमाडौं।विजयादशमीका लागि काठमाडौंबाट बाहिरिने यात्रुको सुविधालाई प्राथमिकतामा राख्दै पृथ्वीराजमार्गमा ट्रेलरसहितका ठुला सवारी साधन संचालनमा रोक लगाइएको छ।

    images

    यातायात व्यवस्था विभागले १७ असोजदेखि १ कार्तिकसम्मका लागि पृथ्वीराजमार्गमा पर्ने नारायणघाट-काठमाडौं सडक खण्डमा ट्रेलर सहितका ठुला सवारी साधन संचालनमा रोक लगाएको हो। तर खाद्यान्न, तरकारी तथा औषधीजन्य सामग्री बोकेका सवारी साधन भने रोकिने छैनन्।

    images

    विभागका महानिर्देशक राजीव पोखरेलले काठमाडौंबाट विजयादशमीका लागि बाहिरिने यात्रुको सुविधालाई प्राथमिकतामा राख्दै सो निणर्य गरिएको जानकारी दिए। उनका अनुसार अतिआवश्यक सामग्री ल्याउने सवारी र यात्रुवाहक बसहरु भने सो सडकमा संचालनमा नै रहने छन्।

    काठमाडौं आउन रोकिने सवारी साधनहरु चितवनको नारायणगढ आसपास नै रोकिने छन् ।

    बाढी तथा पहिरोका कारण काठमाडौ भएर बाहिरिने धेरैजसो मुख्य सडक अबरुद्ध भएपछि विभागले यात्रुहरुलाई सहज यात्राका लागि भन्दै यस्तो निणर्य गरेको हो। पृथ्वी राजमार्गमा पर्ने झ्याप्ले खोलामा पहिलो जाँदा सो सडक अझै सहज रुपमा सुचारु हुन सकेको छैन भने अन्य धेरै स्थानमा पहिरो जाँदा सडक साँघुरो बनेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend