मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सामसङको ग्यालेक्सी ए-१६ फाइभजी आजबाट नेपाली बजारमा, के छ विशेषता?

सामसङको ग्यालेक्सी ए-१६ फाइभजी आजबाट नेपाली बजारमा, के छ विशेषता?

images
२०८१ कार्तिक २७ गते, मंगलवार
२०८१ कार्तिक २७ गते, मंगलवार
  • काठमाडौं। सामसङले आफ्नो नयाँ स्मार्ट फोन ग्यालेक्सी ए–१६ फाइभजी आजबाट नेपाली बजारमा ल्याएको छ।

    images

    सामसङले नयाँ किफायती मिडरेन्ज स्मार्टफोन ग्यालेक्सी ए१६ फाइभ जी बजारमा सार्वजनिक गरेको हो।  यो फोनमा ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘कि आईल्याण्ड’ सहितको प्रिमियम ग्यालेक्सी ए–सिरीज डिजाइन, आईपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टम पाइनेछ।

    images

    नयाँ ग्यालेक्सी ए १६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो। ग्यालेक्सी ए१६ फाइभ जी लोकप्रिय गायक वाङ्देन शेर्पासँग नोभेम्बर ९ मा सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा सार्वजनिक गरिएको हो।

    सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “अफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ फाइभजीले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड–रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ।”

    सामसङले ग्यालेक्सी ए१६ फाइभ जीलाई ग्यालेक्सी ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा प्रस्तुत गरेको हो। यसको मोटाई मात्र ७.९ एमएम रहेको छ। यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई आरामसँग सजिलै समात्न सकिने कम्पनीले जनाएको छ।

    ग्यालेक्सी एक१६ फाइभ जीले प्रिमियम फिनिश र विशिष्ट की आइल्याण्ड फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा दिएको छ। यसमा साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन्।

    स्थायित्वका लागि निर्मित ग्यालेक्सी ए१६ फाइभ जीले  आईपी५४ रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाको लागि भरपर्दो रुपमा धुलो र पानी प्रतिरोध प्रदान गर्ने कम्पनीको भनाइ छ।

    यस फोनमा ५० एमपी प्राथमिक क्यामेरा,५ एमपी अल्ट्रा–वाइड क्यामरा र २ एमपी म्याक्रो क्यामेरा रहेको छ। यो फोनले क्रीस्प र विस्तृत तस्बिरहरू खिच्दछ जबकि १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलहरुको स्तरलाई बढाउने कम्पनीको दाबी छ।

    फोनमा ६.७ इन्च फुल एचडी+ सुपर एमोलेड डिस्प्लेको साथमा ९०Hz रिफ्रेस रेट, एवं माइक्रोएसडी मार्फत् १ टीबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ।

    यसैगरी हुड अन्तर्गत, ग्यालेक्सी ए१६ फाइभ जी मिडियाटेक डी६३००द्वारा संचालित छ। यसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ। यस फोनमा ५००० एमएएच ब्याट्री पाउन सकिनेछ।

    सामसङ ग्यालेक्सी ए१६ फाइभ जीमा ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेटहरू पाउन सकिनेछ। EALS+ सर्टिफिकेशन मार्फत् मानसिक शान्ति प्रदान गर्दै सामसङ नक्स भल्टसँग सुरक्षा एक उच्च प्राथमिकता हो। यसका थप सुविधाहरूमा परिष्कृत कनेक्टीभिटीको लागि गुगल मिट र क्वीक शेयरको साथ सहज अनुभव समावेश छन्।

    कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध, ग्यालेक्सी ए१६ फाइभ जीको ६/१२८ जीबी भेरियन्टको मूल्य २८ हजार ९९९ रुपैयाँका, ८ /१२८ जीबी भेरियन्टको ३० हजार ९९९ रूपैयाँ र ८/२५६ जीबी भेरियन्टको ३४ हजार ९९९ रूपैयाँ रहेको छ। ग्यालेक्सी ए१६ फाइभ जीको प्रत्येक खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क आउँछ। 

    यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवा मार्फत खरिद गर्न सकिन्छ, ०% थप ब्याज र स्विफ्ट प्रोसेसिङको साथ झन्झटरहित ईएमआई विकल्पहरू प्रदान गर्दै एक घण्टा भित्र तपाईंको उपकरण तपाईंको हातमा पाउन सकिने सामसङले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend