मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सातै प्रदेशमा जोगियो कांग्रेस, कहाँ कसले जिते?

सातै प्रदेशमा जोगियो कांग्रेस, कहाँ कसले जिते?

images
२०८२ फाल्गुण २४ गते, आइतवार
२०८२ फाल्गुण २४ गते, आइतवार
  • काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको हालसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले सातै प्रदेशमा आफ्नो उपस्थिति जोगाएको देखिएको छ।

    images

    निर्वाचन परिणाम कांग्रेसका लागि सुखद नबनेको अवस्थामा कांग्रेसले सातै प्रदेशमा उपस्थिति भने जनाएको छ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस देशकै पहिलो शक्ति बनेको थियो। तर अहिले कांग्रेस दोस्रो दलमा खुम्चिने पक्का भइसकेको छ।

    images

    कांग्रेसले अहिले सम्म सबैभन्दा नाजुक अवस्था मधेस प्रदेशमा भोगेको छ। कांग्रेसले मधेसमा कुल ३२ सिट मध्ये १ सिटमा मात्रै जित निकालेको छ। यो परिणाम हेर्दा मधेसमा कांग्रेस जोगिएको छ। अहिलेसम्म प्रत्यक्ष तर्फ कांग्रेसले १५ सिट जितेको छ।

    हालसम्मको परिणाम अनुसार कोशी प्रदेशबाट कांग्रेसले ४, मधेसबाट १, बाग्मतीबाट १, गण्डकीबाट २, लुम्बिनीबाट १, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट २ सिट मा उपस्थिति जनाएको छ।

    कोशी प्रदेश अन्तर्गत पाँचथर–१ बाट कांग्रेस उम्मेदवार नरेन्द्र कुमार केरुङ, तेह्रथुम–१ बाट सन्तोष सुब्बा र सोलुखुम्बुबाट प्रकाश सिंह कार्की निर्वाचित भएका छन्।

    मधेस प्रदेशबाट रौतहट–२ बाट मो.फिरदोस आलम निर्वाचित भएका छन्। उनी कांग्रेस नेता स्वर्गीय अफ्ताब आलमका छोरा हुन्। फिरदोसले मधेसमा कांग्रेसको उपस्थिति जोगाएका छन्।

    यसैगरी बागमती प्रदेशमा रसुवाबाट मोहन आचार्य निर्वाचित भएका छन्। बागमतीबाट पनि कांग्रेस जोगाउने उनी एक्लो उम्मेदवार बनेका छन्।

    यस्तै गण्डकी प्रदेशको हिमाली जिल्लामा रहेको गढलाई कांग्रेसले सुरक्षित राखेको छ। यो प्रदेशको जिल्ला मुस्ताङबाट २९ वर्षीय युवा योगेश गौचन थकाली र मनाङबाट टेक बहादुर गुरुङ विजयी भएका छन्।

    लुम्बिनी प्रदेशमा पनि कांग्रेसको उपस्थिति जोगाएको छ। यो प्रदेश अन्तर्गत कपिलवस्तु–३ बाट अभिषेक प्रताप शाह र पाल्पा–१ बाट सन्दीप राना निर्वाचित भएका छन्।

    कांग्रेसका लागि यसपटकको निर्वाचन कर्णाली प्रदेशमा मात्रै सहज देखिएको छ। यो प्रदेशमा मात्र कांग्रेसको उपस्थिति सबैभन्दा बलियो देखिएको छ। यो प्रदेशको सुर्खेत १ बाट विष्णु बहादुर खड्का, जाजरकोट १ बाट खडक बहादुर बुढा, दैलेख १ बाट वासना थापा र हुम्ला–१ बाट जय पति रोकाया गरी ४ जनाले प्रतिनिधि सभामा उपस्थिति जनएका छन्।

    यसैगरी ‍सुदूरपश्चिममा पनि डोटी १ बाट भरत बहादुर खड्का र अछाम १ बाट भरत कुमार स्वार निर्वाचित भर्का छन्। उनीहरूले सो प्रदेशमा कांग्रेसको उपस्थिति जोगाएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend