काठमाडौँ। बालेन्द्र साह (बालेन) प्रतिनिधि सभा सदस्य पदमा झापा ५ बाट निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन्।
उनलाई विजयी घोषणा गर्दै शनिबार नै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत पाए।
बालेनसँग एमाले अध्यक्ष ओली ४९ हजार ६१४ मतले पराजित भएका हुन्।



