मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

योजना आयोगका उपाध्यक्ष अनुपस्थित भएपछि धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता रोकियो

योजना आयोगका उपाध्यक्ष अनुपस्थित भएपछि धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता रोकियो

images
२०८१ आश्विन १८ गते, शुक्रवार
२०८१ आश्विन १८ गते, शुक्रवार
  • काठमाडौं।योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीको अनुपस्थितिपछि नेपाल धितोपत्र बोर्डका अध्यक्षका लागि लिइने अन्तर्वार्ता पुनः रोकिएको छ।

    images

    शुक्रबार (आज) विहान अर्थ मन्त्रालयमा बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता तय भएको भए पनि अन्तर्वार्ता लिने समितिमा रहेका तीन जनामध्ये अध्यक्ष सिफारिस समितिका संयोजक अधिकारी नै अनुपस्थित भएपछि प्रक्रिया रोकिएको हो। विहान ८ बजेका लागि अन्तर्वार्ताको समय तोकिएको थियो भने अन्तर्वार्ताका क्रममा प्रस्तुतीकरणसमेत निर्धारण गरिएको थियो।

    images

    अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अन्तर्वार्ताका लागि सिफारिस समितिका अन्य दुई सदस्य उपस्थित भए पनि अधिकारी अनुपस्थित भएपछि अन्तर्वार्ता रोकिएको जानकारी दिए।

    धितो बोर्डको अध्यक्षका लागि बोर्डकै कार्यकारी निर्देशक डा नवराज अधिकारी, नेपाल बिमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईं र नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की सर्ट लिष्टमा परेका छन्। उनीहरु तीनै जनालाई अन्तर्वार्ताका र कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइएको थियो।

    यसअघि अन्तर्वार्ताका लागि छनौट भएका तीन जना आफैं अन्तर्वार्ता दिन गएका थिएनन्। उनीहरु नजाँदा अन्तर्वार्ता रोकिएर आजका लागि सारिएको थियो।

    त्यसपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै जना सदस्य समितिमा रहनेगरी अर्को  सिफारिस समिति बनाएको थियो। धितोपत्र बोर्ड २० पुस २०८० देखि कार्यकारी अध्यक्षविहीन छ भने अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend