बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

केएमसीद्वारा साम्बाको निःशुल्क उपचार गर्ने घोषणा

केएमसीद्वारा साम्बाको निःशुल्क उपचार गर्ने घोषणा

images
२०८२ फाल्गुण ११ गते, सोमवार
२०८२ फाल्गुण ११ गते, सोमवार
  • काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) प्रालिले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान सावित्रा भण्डारी(साम्बा) को निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।

    images

    साम्बा पछिल्लो सात हप्तादेखि घुँडाको चोटको कारण खेल मैदान बाहिर रहँदै आएकी छिन्।

    images

    साम्बाले यस अघि कतारको अस्पेटारमा घुँडाको शल्यक्रिया गरेकि थिइन्। त्यसबखत हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको र ८० हजर अमेरिकी डलर खर्च लाग्ने बताउँदै आफ्नो सामाजिक सञ्जाल मार्फत उनले सहयोगको अपिल गरेकि थिइन्।

    उनको सो आग्रहपछि केएमसीले निःशुल्क उपचार गर्ने घोषणा गरेको हो। अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक वक्तव्य जारी गर्दै सो घोषणा गरेका हुन्।

    'राष्ट्रकी गहना साम्बा नेपालमै उपचार गर्न तयार भए देशको एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेज उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ,'अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालद्वारा जारी वक्तव्यमा भनिएको छ।

    अस्पतालले `उत्कृष्ट र अत्याधुनिक उपकरण, दक्ष जनशक्तिका साथ गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको आफ्नो कर्तव्यप्रति सचेत रहँदै राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाको उपचार प्रक्रियाको गाम्भिर्यतालाई मध्यनजर गर्दै साम्बाको उपचारप्रति जिम्मेवार र संवेदनशील रहेको´ बताएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend