काठमाडौं। नेपाल फर्मा एक्स्पो २०८२ का अवसरमा आयोजित दोस्रो एपोन कप क्रिकसल प्रतियोगिताको फाइनल खेलमा नेपाल फर्मास्युटिकल्स ल्याब (एनपीएल) च्याम्पियन बनेको छ।
नेपाल औषधी उत्पादक संघ (एपोन)को मार्केटिङ सर्कलले आयोजना गरेको प्रतियोगिताको अन्तर्गत शनिबार फाइन खेल भएको थियो। सो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एनपीएल च्याम्पियन बन्न सफल भयो।
सो प्रतियोगितामा एशियन फर्मास्युटिकल्स भने उपविजेता बनेको छ। प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।
एपोनका महासचिव तथा एक्स्पो संयोजक सन्तोष बरालले विजेता तथा उपविजेता टोलीलाई सो नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरेएको मार्केटिङ सर्कलका सल्लाहकार ऋषि भण्डारीले जानकारी दिए।
प्रतियोगितामा एशियन फर्मास्युटिकल्स, देउराली जनता फर्मास्युटिकल्स लिमिटेड, लोमस फर्मास्युटिकल्स, म्याल्नस फर्मा, नेपाल रेमेडिज, फर्मोनिक्स लाइफ साइन्स र क्वेस्ट फर्मास्युटिकल्ससहित आठ टोली सहभागि थिए।
प्रतियोगिताले फर्मा उद्योग र कर्मचारी तथा प्रतिनिधिहरूको मनोबल अभिवृद्धि गर्दै सहकार्यलाई थप जोडेको छ।
आयोजकका अनुसार नेपाल फर्मा एक्स्पो २०२६ ले औषधि क्षेत्रका नवीन प्रविधि, गुणस्तर नियन्त्रण तथा अन्तर्राष्ट्रिय साझेदारीका अवसर प्रस्तुत गर्दै उद्योगको दिगो विकासलाई प्राथमिकतामा राखेको छ।
नेपाल फर्मा एक्स्पो २०८२ को दशौँ संस्करण भृकुटीमण्डप, काठमाडौंमा मार्च १२–१४, २०२६ मा आयोजना हुँदैछ।



