मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

फेरि कांग्रेसमा फर्के जितेन्द्र देव

फेरि कांग्रेसमा फर्के जितेन्द्र देव

images
२०८२ फाल्गुण ५ गते, मंगलवार
२०८२ फाल्गुण ५ गते, मंगलवार
  • काठमाडौँ । केही समयअघि नेकपा एमाले परित्याग गरेका जितेन्द्रनारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन् ।

    images

    तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधान सभा सदस्यसमेत रहेका देव फोरम लोकतान्त्रिक कांग्रेसमा विलय हुँदा विजयकुमार गच्छदारसँगै कांग्रेसमा आएका थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा आउनु अघि भने उनी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा थिए।

    images

    विजयकुमार गच्छदारले दल विभाजन गरेपछि उनी गच्छदारसँगै लागेका थिए। पछि गच्छदारले दल नै कांग्रेसमा विलय गराएका थिए । उपेन्द्रको दलमा जोडिनुअघि भने उनी एमालेमै थिए । उनी २०६३ सालमा एमाले छाडेर उपेन्द्रको दलमा लागेका थिए । ०५४ मा नेपालगञ्जमा आयोजित छैटौँ राष्ट्रिय महाधिवेशनबाट देव एमालेको केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए।

    फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा आएका देव २०८१ असार १७ गते कांग्रेस छाडेर पुन: एमालेमा प्रवेश गरेका थिए । गत माघ १९ गते एमालेसमेत परित्याग गरेका उनी त्यसयता निष्क्रिय जस्तै थिए।

    तर कांग्रेसले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनेपछि उनले आफू पुन: कांग्रेसमै फर्किएको घोषणा गरेका छन्। देवले मंगलबार एक वक्तव्य जारी गर्दै कांग्रेसको विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, विचार, योजना, प्रस्ताव तथा प्रतिबद्धताहरुलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै आफू कांग्रेसमा फर्किएको उल्लेख गरेका छन् ।

    वक्तव्यमा उनले विशेष राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित गगन कुमार थापाको नेतृत्वको केन्द्रीय कार्य समितिप्रति पूर्ण प्रतिबद्ध तथा आस्थावान रहने पनि उल्लेख गरेका छन् । देवले आफूसहितका नेताहरू कांग्रेसमा फर्केको भनेका छन् ।

    ‘मलाई पूर्ण विश्वास छ विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ अग्रगमनकारी सोचको नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढङ्गले अघि बढाउने छ र पार्टीलाई बदल्ने कार्य सुरु गरे जस्तै देशलाई पनि जनहितमा बदल्ने छन्’, उनले वक्तव्यमा भनेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend