बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य बीमाको समस्यामा प्रधानमन्त्रीको चासो, बोलाइन् बैठक

स्वास्थ्य बीमाको समस्यामा प्रधानमन्त्रीको चासो, बोलाइन् बैठक

images
२०८२ माघ २१ गते, बुधवार
२०८२ माघ २१ गते, बुधवार
  • काठमाडौँ। सरकारी अस्पतालले नै धमाधम स्वास्थ्य बीमाको सेवा उपलब्ध गराउन नसकिने बताउँदै बीमा बापत दिइने सेवा बन्द गर्न थालेपछि प्रधानमन्त्री शुशिला कार्कीले चासो राखेकी छिन्।

    images

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज, सहिद गंगालाल अस्पताल लगायत ठुला अस्पतालले यही अवस्थामा बीमाको सेवा उपलब्ध गराउन नसकिने बताउँदै सेवा बन्द गरिसकेका छन्। 

    images

    यस्तै देशकै पुरानो अस्पताल वीर अस्पतालले पनि बीमा वापतको ठूलो बक्यौता रकम नआएको भन्दै बीमा वापतको सेवा संचालनमा सोच्नु पर्ने बताउँदै आइरहेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले सरोकारवालाको बैठक बोलाएकी हुन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
        
    केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अन्य अस्पतालहरूले पनि स्वास्थ्य बीमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए।

    स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् । 

    स्वास्थ्य बीमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई रु १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend