बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

माघ २५ देखि फागुन १५ गतेसम्म देशभर पाठेघरको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइँदै, कसले पाउँछन्?

माघ २५ देखि फागुन १५ गतेसम्म देशभर पाठेघरको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइँदै, कसले पाउँछन्?

images
२०८२ माघ २१ गते, बुधवार
२०८२ माघ २१ गते, बुधवार
  • काठमाडौँ। पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप माघ २५ गतेदेखि फागुन १५ गतेसम्म देशभर दिइने भएको छ।

    images

    पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप सुरक्षित र प्रभावकारी मानिएको छ। सरकारले यो खोप राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नै प्रदान गर्न लागेको हो। यो खोप लगाउन कुनै शुल्क लाग्ने छैन।

    images

    माघ २५ गतेदेखि फागुन १५ गतेसम्म सो खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ। कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई यो खोप दिइनेछ ।

    यस्तै, गत वर्षको एचपिभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ।

    खोप स्थानीय पालिकाअनुसार फरकफरक दिनमा प्रदान गरिने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रले आग्रह गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend