मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

झ्याप्ले खोलामा पहिरोमा परेर मृत्यू भएका सबैको सनाखत (नामावलीसहित)

झ्याप्ले खोलामा पहिरोमा परेर मृत्यू भएका सबैको सनाखत (नामावलीसहित)

images
२०८१ आश्विन १७ गते, बिहिवार
२०८१ आश्विन १७ गते, बिहिवार
  • काठमाडौ। काठमाडौं-मुग्लिन सडक खण्डमा पर्ने धादिङको धुनिवेशी नगरपालिका ९ झ्याप्ले खोलामा गत ११ असोजमा पहिरोमा पुरिएर मृत्यू भएका ३५ जनाको सनाखत भएको छ।

    images

    पहिरोले झ्याप्ले खोलामा दुई वटा माइक्रो बस र एउटा बस पुरेको अवस्थामा फेला परेको थियो। ती बसहरुबाट ३५ वटा शव फेला परेको थियो। ती सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो। जसमा २५ जना पुरुष, ९ जना महिला र १ जना बालिका छन्।

    images

    पहिरोमा बुटवलबाट काठमाडौं आउँदै गर्दा पुरेको बसमा सबै भन्दा बढी यात्रु थिए। लु. १ ज ४५७७ नम्बरको सो विङ्गरमा १४ जना सवार थिए।

    यसैगरी चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७  जना र गोरखाबाट काठमाडौ आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए।

    सनाखत भएपछि सबै शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ ।

    पहिरोमा परेर मृत्यू भएकाहरुको सनाखत सहितको विवरण

    १. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका-१६ बस्ने (३५ वर्ष)

    २. अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका -१६ बस्ने (३३ वर्ष)

    ३. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका -१६ बस्ने (२९ वर्ष)

    ४. रमेश प्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका-४ (५० वर्ष)

    ५. बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा-७ (२५ वर्ष)

    ६. सुमन बजगाईं, धादिङ धुनिवेशी नगरपालिका-९ बस्ने (३३ वर्ष)

    ७. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३ बस्ने (४५ वर्ष)

    ८. दिपिक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३ बस्ने (१४ वर्ष)

    ९. दिपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३ बस्ने (१४ वर्ष)

    १०. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका-७ बस्ने (३२ वर्ष)

    ११. प्रमिता भुषाल, गुल्मी दरबार गाउँपालिका-७ बस्ने (३१ वर्ष)

    १२. कृशव रायमाझी, गुल्मी दरबार गाउँपालिका-७ बस्ने (२ वर्ष)

    १३. साइमन तामाङ, नुवाकोट सामरी-५ बस्ने (२१ वर्ष)

    १४. पुष्पा शर्मा, पर्वत कुश्मा नगरपालिका-२ बस्ने (३१ वर्ष)

    १५. नवराज पन्त, गोरखा बारपाक सुलिकोट-७ (२८ वर्ष)

    १६. तेजबहादुर विष्ट, रुकुम पश्चिम मुसिकोट-१५ (३९ वर्ष)

    १७. नवराज तिवारी, गोरखा गण्डकी गाउँपालिका-४ (४० वर्ष)

    १८. नवीन सिंह, बझाङ जयपृथ्वी नगरपालिका-१ (२३ वर्ष)

    १९. अनिता थापामगर, चितवन भरतपुर नगरपालिका-२१ (२१ वर्ष)

    २०. सन्तु विक, मकवानपुर मनहरी-९ (३३ वर्ष)

    २१. आनन्द राजवंशी, काठमाडौँ महानगरपालिका-१६ (४८ वर्ष)

    २२. सिद्धार्थ गुरुङ, चितवन खैरहनी नगरपालिका-३ (१९ वर्ष)

    २३. जनक कुँवर, तनहुँ भानु नगरपालिका-३ (२६ वर्ष)

    २४. मोहनदास आचार्य, चितवन भरतपुर-९ (५३ वर्ष)

    २५. नरेन्द्र खत्री, चन्द्रागिरी नगरपालिका-१ (५६ वर्ष)

    २६. मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका-४ (४७ वर्ष)

    २७. विनायक भट्टराई, गोरखा भिमसेन गाउँपालिका-४ (१५ वर्ष)

    २८. सुके दमै, गोरखा धोर्चे गाउँपालिका-७ (२७ वर्ष)

    २९. इन्द्रजित राना, बागलुङ बडिगार्ड गाउँपालिका-२ (५२ वर्ष)

    ३०. भिमकुमारी राना, बागलुङ बडिगार्ड गाउँपालिका-२ (४० वर्ष)

    ३१. हरिबहादुर बुढा, जुम्ला सिजा गाउँपालिका-६ (३९ वर्ष)

    ३२. लिलामाया तामाङ, धादिङ ज्वालामुखी गाउँपालिका-२ (२६ वर्ष)

    ३३. वसन्त शाह, सर्लाही चक्रघट्ट गाउँपालिका-६ (१७ वर्ष)

    ३४. नन्दप्रसाद किशोर चौधरी, सप्तरी सप्तकोसी नगर पालिका-७ (२८ वर्ष)
    ३५. लेखनाथ ओझा, तनहुँ ब्यास नगरपालिका-५ (३४ वर्ष)

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend