बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सेवा प्रदायकलाई स्वास्थ्य बीमा बोर्डको निर्देशन : अनावश्यक प्रेषण नगर्नु

सेवा प्रदायकलाई स्वास्थ्य बीमा बोर्डको निर्देशन : अनावश्यक प्रेषण नगर्नु

images
२०८२ माघ १५ गते, बिहिवार
२०८२ माघ १५ गते, बिहिवार
  • काठमाडौं। स्वस्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक प्रेषण नगर्न निर्देशन दिएको छ।

    images

    बिहीबार बोर्डले मातहतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई पत्रमार्फत आफ्नो संस्थामा उपलब्ध हुने सेवालाई नजरअन्दाज गरी अनावश्यक प्रेषण नगर्न निर्देशन दिएको हो।

    images

    पत्रमा आफ्नो संस्थामा सेवा प्रवाह हुनसक्ने र हुनुपर्ने सेवा उपलब्ध नगरीकन अनावश्यक रुपमा प्रेषण गरेको पाइएको उल्लेख गरिएको छ।

    `स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी सेवा प्रदान गरिरहेका सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा सेवा प्रयाप्त हुँदाहुँदै र हुनुपर्ने सेवा उपलब्ध गर्नु पर्नेमा स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रुपमा प्रेषण गरेको पाइएकाले आफ्नो संस्थामा भइरहेको सेवालाई नजर अन्दाज गरी प्रेषण नगर्नुहुन अनुरोध छ।´ पत्रमा अगाडि भनिएको छ, `सेवा उपलब्ध गराउन नसक्ने भएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को अनुसूची ९ बमोजिमको प्रेषण पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा प्रेषण गर्नुहुन समेत अनुरोध छ।´

    बोर्डका नीति योजना शाखाका प्रमुख वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहले हस्ताक्षर गरेको पत्रमा अनावश्यक बिरामी प्रेषण गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजु गर्दा त्यस्तो रकम सोधभर्ना नगरिने साथै स्वास्थ्य बीमा नियमावली २०७५ अनुसूची ८ को (४) (ग) बमोजिम सम्झौता स्थगन वा रद्द हुने समेत उल्लेख गरिएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend