बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रवि लामिछानेको खुट्टामा सेलुलाइटिस, नसाबाट दिइँदै एन्टिबायोटिक

रवि लामिछानेको खुट्टामा सेलुलाइटिस, नसाबाट दिइँदै एन्टिबायोटिक

images
२०८२ माघ १४ गते, बुधवार
२०८२ माघ १४ गते, बुधवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचाररत रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उनको खुट्टामा सेलुलाइटिस देखिएको जनाएको छ।

    images

    मंगलबार लामिछाने अस्पतालमा भर्ना भएको भन्दै उनको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको हो।

    images

    अस्पतालका अनुसार यही माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो। 

    औषधि सेवन गर्दा पनि समस्या निको नभएपछि खुट्टामा सेलुलाइटिस देखिएको र माघ १३ गते शिक्षण अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ।

    अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईका अनुसार लामिछानेको नशाबाट आईभी एन्टिबायोटिक्स दिइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend