काठमाडौं। नेपाल औषधि थोक व्यवसायी संघ (पीडान) बागमती प्रदेश समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सन्तोष खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
संघका केन्द्रीय अध्यक्ष गणेश नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले खतिवडाको नेतृत्वमा १३ सदस्यीय पिडान बागमती प्रदेश कार्यसमितिको चयन गरेको हो। नवगठित कार्यसमितिको अध्यक्षमा खतिवडासहित दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन भएका छन्।
उपाध्यक्षमा अरविन्द जैसवाल र भूपराज न्यौपाने चयन हुँदा महासचिवमा चिरञ्जीवी अधिकारी, सचिवमा राजेन्द्र अर्याल र कोषाध्यक्षमा रोशन कुमार महतो चयन भएका हुन्।
यसैगरी कार्यसमिति सदस्यहरुमा पदमप्रसाद पौडेल, दीपक अधिकारी, चुडामणि ओझा र नवराज जोशी चयन भएका छन्।
संघको विधानअनुसार निर्वतमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने छन भने थप दुई जना सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ।



