बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा.कृष्ण पौडेललाई

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा.कृष्ण पौडेललाई

images
२०८२ माघ ७ गते, बुधवार
२०८२ माघ ७ गते, बुधवार
  • काठमाडौँ। स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा.कृष्ण पौडेलले पाएका छन्।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले मन्त्रालयका सहसचिव डा. पौडेललाई बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन्। कार्यकारी निर्देशक डा‍.रघुराम काफ्लेले गत आइतबार राजीनामा दिएपछि बोर्ड कार्यकारी निर्देशक विहिन बनेको थियो।

    images

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा प्रमुख रहेका डा. पौडेललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको जानकारी दिए।

    `बोर्डको नेतृत्व रिक्त नराख्न मन्त्रालयका सहसचिव पौडेललाई केही समयका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो।´ डा. बुढाथोकीले भने।

    यो जिम्मेवारीमा रहँदा पनि डा. पौडेलले मन्त्रालयको नीति तथा योजनामा महाशाखाको जिम्मेवारी पनि सम्हाल्ने छन्। उनलाई दुवै तर्फ हेर्ने गरी जिम्मेवारी दिइएको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend