बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. काफ्लेले दिए राजीनामा

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. काफ्लेले दिए राजीनामा

images
२०८२ माघ ४ गते, आइतवार
२०८२ माघ ४ गते, आइतवार
  • काठमाडौं। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।

    images

    कार्यकारी निर्देशक डा. काफ्लेले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन्।

    images

    बिमा बोर्डले भुक्तानी रकम दिन नसकेको भन्दै सरकारी अस्पतालहरूले धमाधम बिमा कार्यक्रम बन्द गर्ने घोषणा गर्न थालेपछि उनको राजीनामा आएको हो। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले गत माघ १ गतेदेखि स्वास्थ्य बीमाको सेवा बन्द गरिसकेको छ।

    त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमामार्फत बिमितको उपचार गरेबापत बोर्डबाट करिब ४० करोड भुक्तानी लिन बाँकी रहेको भन्दै बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो।

    यसैबीच वीर अस्पतालमासमेत १ अर्ब बराबर बीमाको रकम भुक्तान हुन बाँकी छ। वीरले समेत केही समय भित्रै बीमा बन्द गर्ने तयारी गरिरहेको छ।

    स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपियाँभन्दा बढी भुक्तानी दिन बाँकी छ। तर अर्थ मन्त्रालयले यही मोडलमा बिमा कार्यक्रम चल्ने हो भने थप अनुदान दिन नसक्ने स्पष्ट पार्दै आएको छ।

    डा. काफ्लेलाई तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेका थिए।

    उनले बीमाको बक्यौता भुक्तान गर्न निरन्तर प्रयास गर्दै आएपनी असफल भएपछि राजीनामा दिएको निकटकाहरुलाई बताएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend