काठमाडौँ। नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ।
संघको निर्वाचन समितिले शुक्रबार बिहानै एक सूचना जारी गर्दै पूर्व निर्धारित तालिका अनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित भएको बताएको हो।
समितिले निर्वाचन स्थगित गर्नुको कारण पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई उल्लेख गरेको छ।
यथाशिघ्र अर्को सूचना जारी गरी निर्वाचन सम्वन्धी कार्यक्रमको नयाँ तालीका सार्वजनिक गर्ने समेत समितिले उल्लेख गरेको छ।
यसअघि निर्वाचन समितिले पहिलो चरणमा माघ २ र ३ गते उपत्यका बाहिर मतदान गर्ने कार्यतालिका तय गरेको थियो। यस्तै उपत्यका भित्र माघ १५, १६ र १७ गते निर्वाचन हुने तालिका थियो।




