काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले एचआइभीको समस्या पहिलेको तुलनामा घटे तापनि यसको जोखिम अझै कायम रहेको बताएकी छन्।
राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठि २०८१/८२ को सोमबार ललितपुरको पुलचोकमा उद्घाटन गर्दै मन्त्री डा सुधा शर्मा गौतम कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्।
`एचआइभीको समस्या पहिलेको तुलनामा घटे तापनि यसको जोखिम अझै कायम रहेकाले रोकथामका उपायहरू जस्तै: परीक्षण तथा जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्ने भएको छ।´ मन्त्री गौतमले भनिन्।
दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा सातै प्रदेशका कार्यक्रमसंग सम्वन्धित प्रतिनिधिहरू सहभागी छन्।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, सहयोगी निकायहरुका प्रतिनिधहरु लगायत सरोकारवालाहरूको कार्यक्रममा सहभागिता रहेको छ।



