बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य बीमा बोर्डले करारमा माग्यो कर्मचारी

स्वास्थ्य बीमा बोर्डले करारमा माग्यो कर्मचारी

images
२०८२ पौष २८ गते, सोमवार
२०८२ पौष २८ गते, सोमवार
  • काठमाडौं। स्वास्थ्य बीमा बोर्डले करार सेवामा पदपूर्ति गर्न भन्दै कर्मचारी माग गरेको छ।

    images

    बोर्डले सोमबार सार्वजनिक सूचना नै जारी गरेर करारमा पदपूर्ति गर्न भन्दै कर्मचारी मागसम्बन्धि सूचना प्रकाशित गरेको हो। यो सूचना प्रथम पटक पुस २८ गते (आज) प्रकाशित भएको छ।

    images

    सूचनामा स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं, प्रदेश शाखा कार्यालय तथा जिल्ला सम्पर्क शाखा कार्यालयका लागि करार सेवामा पदपूर्ति गर्नुपर्ने भएको भनेको छ।

    जसअनुसार मेडिकल अधिकृत ६ (छ) जना, चार्टर्ड एकाउन्टेन्ट १ (एक) जना, हेल्थ इकोनोमिष्ट १ (एक) जना, जनस्वास्थ्य अधिकृत १ (एक) जना, एक्च्युरियन अधिकृत १ (एक) जना, सूचना प्रविधि सहायक ३ (तीन) जना र दर्ता अधिकारी ६० (साठी) जना माग गरिएको छ।

    पदपूर्तिका लागि सूचना प्रकाशित भएको मितिले १५ दिन मघ १२ गते भित्र दरखास्त पेश गर्न अनुरोध गरिएको छ। सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी तथा वेबसाइट www.hib.gov.np बाट हेर्न सकिनेछ पदपूर्ति समितिले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend