बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्यका लागि खेलकुद नारासहित नेपाल आयल निगमले मनायो ५६औँ वार्षिकोत्सव

स्वास्थ्यका लागि खेलकुद नारासहित नेपाल आयल निगमले मनायो ५६औँ वार्षिकोत्सव

images
२०८२ पौष २६ गते, शनिवार
२०८२ पौष २६ गते, शनिवार
  • काठमाडौं। स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले निगमको ५६औँ वार्षिकोत्सव मनाएको छ।

    images

    सिनामंगलस्थित हवाई इन्धन डिपो परिसरमा डोरीतान प्रतियोगिता, चम्चा दौड, बेलुन ब्यालेन्स दौड, म्युजिकल चेयरजस्ता रोमान्चक खेलकुद कार्यक्रमहरू आयोजना गरिएका थिए। यसअघि बिहीबार र शुक्रबार खुला ब्याडमिन्टन प्रतियोगिता तथा हाजिरी जवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो।

    images

    उक्त प्रतियोगितामा नेपाल आयल निगमका कर्मचारी, सुरक्षाकर्मी, प्राविधिक, ट्यांकर चालक तथा सम्बन्धित निकायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    ब्याडमिन्टन प्रतियोगितामा पुरुषतर्फ हवाई इन्धन डिपो, सिनामंगलका राम विश्वकर्मा र कबिराज माझीले प्रथम स्थान हासिल गरे भने चित्रा लम्तरी मगर र रोशन श्रेष्ठ द्वितीय भए।

    महिलातर्फ प्रमिला थामीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरिन् भने दिपा पाण्डेले दोस्रो स्थान हात पारे। त्यस्तै, हवाई इन्धन डिपो, सिनामंगल तथा प्रहरी संयुक्त टोलीका चित्रा लम्तरी मगर र प्रकाश खड्का पुरुषतर्फको अर्को वर्गमा प्रथम भए भने रामचन्द्र कार्की र टोपबहादुर राना दोस्रो स्थानमा रहे।

    खुला हाजिरी जवाफ प्रतियोगितामा रोहिणी बास्तोलाले उत्कृष्ट जवाफका साथ प्रथम स्थान हासिल गरे भने आकाश रिजालले दोस्रो स्थान प्राप्त गरे।

    बेलुन ब्यालेन्स दौडमा बन्दना बिष्ट र लक्ष्मी नायकले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरे भने सुमना सापकोटा र प्रमिला थामी दोस्रो भए।

    यस्तै चम्चा दौडमा प्रमिला थामी प्रथम भएकी छिन् भने कृष्णा कुमारी कुशवाहाले दोस्रो स्थान हात पारेकी छन्।

    म्युजिकल चेयर प्रतियोगितामा मुना कुमारी सुवेदी प्रथम हुँदा लक्ष्मी नायकले दोस्रो स्थान प्राप्त गरे।

    डोरीतान प्रतियोगिता महिला वर्गमा हवाई इन्धन डिपोकी अनिता दुलालको टोलीले पहिलो स्थान प्राप्त गरेको छ भने बन्दना बिष्टको टोली दोस्रो स्थानमा चित्त बुझाएको छ।

    पुरुष वर्गमा ट्यांकर ट्रक चालक राजकुमार लामाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ भने सिनामंगल प्राविधिक टोली दोस्रो स्थानमा चित्त बुझाएको छ।

    कार्यक्रमको समापन समारोहमा हवाई इन्धन डिपोका प्रमुख इञ्जिनियर प्रदीप यादव, राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्य तथा नेपाली सेनाका सह–सेनानी विनोद श्रेष्ठले विजेताहरूलाई मेडल र शिल्ड प्रदान गरेका थिए।

    कार्यक्रमबारे बोल्दै हवाई इन्धन डिपोका प्रमुख इञ्जिनियर प्रदीप यादवले निगमका कर्मचारीहरूको स्वास्थ्य प्रवर्द्धन गर्नुका साथै दैनिक कामको बोझबाट कम्तीमा एक दिन भए पनि रमाइलो अनुभूति दिलाउने उद्देश्यले यस्ता प्रतियोगिताहरू आयोजना गरिएको बताए। साथै, कार्यालयले यसअघि पनि वार्षिक उत्सवका अवसरमा यस्तैखाले रमाइला कार्यक्रमहरू गर्दै आएको जानकारी उनले दिए।

    आयोजकका अनुसार यस्ता खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य र कार्यस्थलको सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend