बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अस्पताल विकास समिति अध्यक्षमाथि कार्यकक्षमै कालोमोसो, आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय

अस्पताल विकास समिति अध्यक्षमाथि कार्यकक्षमै कालोमोसो, आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय

images
२०८२ पौष २३ गते, बुधवार
२०८२ पौष २३ गते, बुधवार
  • डडेल्धुरा। डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझामाथि कार्यकक्षमा नै कालोमोसो दलिएको घटनापछि अस्पतालले भोलि विहीबारदेखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

    images

    अस्पताल प्रशासनका अनुसार अध्यक्ष ओझामाथि बुधबार दिउसो कार्यकक्षमा नै कालोमोसो दलिएको हो। अस्पताल प्रशासनले नेकपा बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुर्व्यवहार गर्दै कालोमोसो लगाएको दाबी गरेको छ।

    images

    सो दुर्व्यवहारको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको मागसमेत गरेको छ।

    अस्पतालद्वारा जारी प्रेस विज्ञप्तीमा बुधबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र नेकपा बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुर्व्यवहार गरेको उल्लेख छ। प्रमाणविहीन र तथ्यहिन आरोप लगाउँदै अस्पतालजस्तो संवेदनशील र पवित्र संस्थाभित्र गरिएको उक्त व्यवहारले अस्पताल प्रशासनलाई लज्जित बनाएको विज्ञप्तीमा उल्लेख छ।

    सो घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्नुका साथै कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराएको अस्पतालको ठहर छ।

    अस्पताल विकास समितिले उक्त घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार मागसमेत गरेको छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend