बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कान्ति अस्पतालमा एक वर्षमा १ लाख ६८ हजार बढीले लिए ओपिडी सेवा, ३ हजार बढीको शल्यक्रिया

कान्ति अस्पतालमा एक वर्षमा १ लाख ६८ हजार बढीले लिए ओपिडी सेवा, ३ हजार बढीको शल्यक्रिया

images
२०८२ पौष २३ गते, बुधवार
२०८२ पौष २३ गते, बुधवार
  • काठमाडौं। काठमाडौंको महाराजगन्जमा अवस्थित कान्ति बाल अस्पतालमा एक वर्षको अवधिमा १ लाख ६८ हजार ९४३ जना बिरामीले ओपिडी मार्फत सेवा लिएका छन्।

    images

    आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालमा ओपिडी सेवा लिने विरामीको संख्या १ लाख ६८ हजार ९४३ जना रहेको अस्पतालले जनाएको हो।

    images

    अस्पतालका निर्देशक डा. पंकज रायले इमरजेन्सीमार्फत ५४ हजार ९९४ जना र अनलाइन टिकटबाट ओपीडी सेवा लिने ५४१ जना गरी कुल २ लाख २३ हजार ९३७ जनाले सेवा लिएको जानकारी दिए।

    यस्तै अस्पतालमा गत आर्थिक वर्षमा ७४१ मेजर, १ हजार ७९ जना इन्टरमिडियट र १ हजार ३३७ जनाको माइनर गरी कुल ३ हजार १३० जनाको शल्यक्रिया भएको छ।

    अस्पतालका निर्देशक डा. रायले अस्पताललाई इन्स्टिच्युट अफ चाइल्ड हेल्थको रुपमा विकास गरी स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए।

    उनले अस्पताललाई एक हजार शैयाको अत्याधुनिक अस्पतालको रुपमा विकास गर्ने समेत योजना रहेको सुनाए।

    मंगलबार कान्ति अस्पतालले आफ्नो ६४ औ बार्षिकोत्सब मनाएको हो। डा. रायले निर्देशकको जिम्मेवारी सम्हालेदेखि अस्पतालले आफ्नो सेवालाई सुधार गर्दै लगेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend