बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

घट्यो हवाइ भाडा

घट्यो हवाइ भाडा

images
२०८२ पौष १९ गते, शनिवार
२०८२ पौष १९ गते, शनिवार
  • काठमाडौं। इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा घटेको छ।

    images

    नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेर घटाएसँगै हवाई भाडा घटेको हो। निगमले स्वचालित रूपमा थपघट हुने इन्धनको मूल्य प्रतिलिटर छ रुपैयाँका दरले घटाएको छ।

    images

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य घटेर १२८ रुपियाँ कायम भएपछि सुगम र दुर्गमतर्फको हवाई भाडा समायोजन गरिएको हि।

    नयाँ भाडादर अनुसार शुक्रबारदेखि फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.९ रुपियाँ तोकिएको छ।

    काठमाडौंबाट सबैभन्दा टाढा रहेको धनगढीको भाडा सबैभन्दा धेरै घटेको छ। यस उडानमा २६५ रुपैयाँ घटेर पाँच हजार ६५५ रुपैयाँ कायम गरिएको छ।

    नयाँ भाडादर अनुसार सबैभन्दा कम भाडा काठमाडौं–सिमरा रुटमा ५५ रुपैयाँ घटेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend