मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपाको समानुपातिकबाट आशिफले लिए उम्मेदवारी फिर्ता, काठमाडौं-५ बाट चुनाव लड्ने घोषणा

रास्वपाको समानुपातिकबाट आशिफले लिए उम्मेदवारी फिर्ता, काठमाडौं-५ बाट चुनाव लड्ने घोषणा

images
२०८२ पौष १९ गते, शनिवार
२०८२ पौष १९ गते, शनिवार
  • काठमाडौं । कलाकार आशिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।

    images

    शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले यस्तो घोषणा गरेका हुन् ।

    images

    निर्वाचन आयोगमा रास्वपाले बुझाएको सामानुपातिक उम्मेदवारको बन्द सूचीमा शाहको नाम पनि समावेश थियो । 

    उनले लेखेका छन्, ‘देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु । तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ । यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

    शाहले जनता र पार्टीका साथीहरूको भावना अनुरूप, समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न आग्रह समेत गरेका छन् ।

    उनले अगाडि लेखेका छन्, ‘राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुँ म । तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मेरो मनभित्र जीवित छ । आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्यांकन गर्ने साथीहरू यसका साक्षी छन् । त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई 'सांसद बन्नुपर्छ' भन्दै सूचीमा नाम समावेश गर्नुभयो । म राजनीतिमा यदि आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट रूपमा भनेको थिएँ । तर साथीहरूको सुझाव थियो—देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ ।त्यसै अनुरूप समानुपातिक प्रणाली अन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो ।’

    समानुपातिक बन्द सूचीमा परेपछि आएका समाचारहरू,जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले आफूलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनाएको भन्दै उनले सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भएको बताए ।

    शाहले काठमाडौं-५ बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा समेत गरेका छन् ।

    उनले लेखेका छन्, ‘ निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ, प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ, उठ्ने नै हो । हामी काठमाडौँ–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौं । देशभन्दा ठूलो केही हुँदैन ।’

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend