बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भद्रपुरमा चिप्लियो बुद्ध एयरको विमान, ५१ जना थिए यात्रु

भद्रपुरमा चिप्लियो बुद्ध एयरको विमान, ५१ जना थिए यात्रु

images
२०८२ पौष १८ गते, शुक्रवार
२०८२ पौष १८ गते, शुक्रवार
  • भद्रपुर। झापाको भद्रपुर विमानस्थलमा अवतरणको तयारीमा रहेको बुद्ध एयरको विमान चिप्लिएको छ।

    images

    काठमाडौंबाट ५१ जना यात्रु लिएर भद्रपुर पुगेको बुद्ध एयरको ९एन–एमएफ कलसाइन भएको एटीआर७२ विमान शुक्रबार साँझ भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको हो।

    images

    विमान चिप्लिए पनि कुनै मानवीय क्षती भने भएको छैन। विमानमा सवार सबै सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। विमानमा सवार सबैको उद्धार गरिएको उनको भनाइ छ।

    बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले अवतरणका क्रममा धावनमार्गबाट विमान चिप्लिएको जानकारी दिए। साँझ ७ः०० बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा चिप्लिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend