बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला, पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला, पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब

images
२०८२ पौष १८ गते, शुक्रवार
२०८२ पौष १८ गते, शुक्रवार
  • काठमाडौं। नेपाली कांग्रेस भित्रको विशेष महाधिवेशन पक्षधर समूहले पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न दबाब बढाएको छ।

    images

    शुक्रबार काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न दबाब बढाएको हो। उनीहरूले पार्टी विधानले तोकेको व्यवस्था अनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नु पर्ने बताए।

    images

    उनीहरूले ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी विशेष महाधिवेशन गर्न माग गर्दा पनि पार्टी नेतृत्वले अलमल गर्नु गलत भएको बताए।सो विषय महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको उनीहरूले दाबी गरे।

    विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले असोज २९ गते दर्ता भएको विशेष महाधिवेशनको माग अझै जीवित रहेको र यसको कार्यान्वयन पार्टी नेतृत्वको अनिवार्य कर्तव्य भएको बताए।

    उनले अब नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प नरहेको बताए।

    लोकतान्त्रिक पार्टी भएर पनि विधानको बाध्यकारी व्यवस्था पालना नगरे संविधान र विधिको वकालत गर्दै नागरिकसमक्ष जान पार्टीसँग नैतिक आधार नरहने उनको भनाइ छ।

    विधानले तोकेको समय सीमाभित्र अर्थात् २०८२ पुस २८ भित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नु पर्ने भएकाले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न माग गरिएको उनले बताए।

    विशेष महाधिवेशनले पार्टीमा विभाजन होइन, एकता कायम गर्ने पक्षधरहरूको दाबी छ। उनीहरूले पार्टी फुटको पक्षमा आफूहरू नरहेको पनि स्पष्ट पारेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend