बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

समानुपातिक उम्मेदवारको बन्दसुची छानबिन गर्दै निर्वाचन आयोग

समानुपातिक उम्मेदवारको बन्दसुची छानबिन गर्दै निर्वाचन आयोग

images
२०८२ पौष १७ गते, बिहिवार
२०८२ पौष १७ गते, बिहिवार
  • काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलहरूले बुझाएको उम्मेदवारको बन्दसुचीमाथि छानबिन गर्दैछ।

    images

    आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक गरिसकेको छ।

    images

    आयोगका अनुसार कुल ६४ दलले समानुपातिक प्रणालीतर्फका लागि आयोगमा सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन्। प्राप्त बन्द सूचीका सम्बन्धमा आयोगले पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका छ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए।

    प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि पुस १३ र १४ गते बन्द सूची बुझाउने कार्यतालिका निर्धारण थियो। सोमबार राति अबेर र मंगलबार बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले आयोगमा उम्मेदवारको बन्द सूची बुझाएका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend