काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटलाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल लक्षित तिखो टिप्पणी गरेका छन् ।
पटक-पटक समानुपातिक उम्मेदवार बनेको प्रति लक्षित गर्दै बास्कोटाले बादलप्रति आलोचनात्मक टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत बास्कोटाले बादलको नाम नलिइकन समानुपातिकबाट नाम फिर्ता लिएर चुनाव लड्न समेत चुनौती दिएका हुन् ।
उनले लेखेका छन्- समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक-पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक हो । अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानुपर्छ भन्छन् । रुख-सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले । समावेशिताकै बेइजत नगर के-त्यो पनि पुरुषले ।
मंगलबार बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने बताएका थिए ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बादलले एमाले–कांग्रेसले तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।



