बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

ग्यास फ्याँकेर सडकबाट हटाइयो बुलेट ट्यांकर, २४ घण्टापछि खुल्यो राजमार्ग

ग्यास फ्याँकेर सडकबाट हटाइयो बुलेट ट्यांकर, २४ घण्टापछि खुल्यो राजमार्ग

images
२०८२ पौष १६ गते, बुधवार
२०८२ पौष १६ गते, बुधवार
  • काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत  रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा अवरुद्ध भएको राजमार्ग २४ घण्टापछि सञ्चालनमा आएको छ ।

    images

    बुलेटभित्रको २१ टन ग्यास बाहिर फ्याँकेपछि क्रेनको सहयोगमा बुलेट ट्यांकर हटाएर राजमार्ग सञ्चालनमा ल्याइएको रौतहटका प्रहरी निरीक्षक रुद्र कँडेलले एक्सरे नेपाललाई जानकारी दिए ।

    images

    उनका अनुसार बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग सञ्चालनमा आएको हो ।

    दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिक टोलीले मंगलबार दिनभरि टाल्ने प्रयास गरेको थियो । उक्त प्रयास असफल भएपछि बुलेटमा भएको सबै ग्यास फ्याँकेर क्रेनको सयहोगमा सडकबाट बुलेट उठाइएको हो ।

    भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी १७ ए टी २११४ नम्बरको ट्यांकर मंगलबार बिहान साढे ७ बजे दुर्घटनामा परेको थियो ।

    राजमार्ग नै अवरुद्ध पार्ने गरी बुलेट पल्टिएपछ वैकल्पिक सडक प्रयोग गरी सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

    दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका थिए ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend